नियम ६
सैनिक प्राविधिक सेवाको पदमा नियुक्ति हुनको लागि आवश्यक योग्यता
(१) खुला प्रतियोगिताद्वारा पूर्ति हुने सैनिक प्राविधिक सेवाको पदमा नियुक्ति हुन देहायको योग्यता पुगेको हुनुपर्नेछः-
(क) नेपाली नागरिक,
(ख) उपसेनानी पदको लागि दरखास्त दर्ता गर्ने अन्तिम मितिसम्म अठार वर्ष उमेर पूरा भई पुरुषको हकमा उनन्तीस वर्ष र महिलाको हकमा तीस वर्ष ननाघेको र सुबेदार, जमदार तथा अमल्दार पदको लागि अठार वर्ष उमेर पूरा भई पच्चीस वर्ष ननाघेको,
तर नेपाली सेनामा कार्यरत योग्यता पुगेका सैनिकले पैंतीस वर्ष उमेर पूरा नभएसम्म बढीमा तीन पटक आवेदन दिन सक्नेछ ।
(ग) नियुक्ति हुने पदको लागि नियम ७ बमोजिमको न्यूनतम शैक्षिक योग्यता भएको,
(घ) पुरुषको हकमा कम्तीमा पाँच फिट तीन इन्च र महिलाको हकमा कम्तीमा पाँच फिट उचाई भएको,
(ङ) पुरुषको हकमा छाती नफुलाउँदा बत्तीस इन्च र फुलाउँदा चौतीस इन्च भएको,
(च) पुरुषको हकमा कम्तीमा पचास किलो ग्राम (एकसय दस पौण्ड) महिलाको हकमा कम्तीमा चालीस किलोग्राम (अठासी पौण्ड) वजन भएको,
(छ। स्वास्थ्य वर्गीकरण एमईडिडिआईसिसिओएस-जि एक र बडी- मास इन्डेक्स (बि.एम.आई.) मापदण्ड बमोजिम भएको,
(ज) आँखा माइनस दुई वा प्लस दुईभन्दा बढी कमजोर नभएको,
तर बहालवाला उम्मेदवारको हकमा माइनस दुई दशमलव पाँच वा प्लस दुई दशमलव पाँचभन्दा बढी नभएको । (झ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,
(ज) तत्काल कुनै पनि राजनीतिक दलको सदस्य नभएको बा नरहेको,
(ट) कुनै आपराधिक गतिबिधिमा संलग्न नभएको वा नरहेको,
(रु) कुनै बिध्वंसात्मक उद्देश्य भएको संघ संस्थाको सदस्य नभएको वा नरहेको,
(ड) नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको,
(ढ) मानव अधिकार र मानवीय कानूनको उल्लङ्घनमा सजाय नपाएको,
(ण) _भबिष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको,
(त) विदेशी मुलुकको स्थायी आवासीय अनुमति नलिएको ।
(२) सैनिक प्राविधिक सेवाको आन्तरिक प्रतियोगिताद्वारा छनौटको लागि बढुवा हुने पदमा देहाय बमोजिमको योग्यता पूरा गरेको हुनुपर्नेछः-
(क) नियम ७ बमोजिमको न्यूनतम शैक्षिक योग्यता भएको,
(ख) बडी मास इन्डेक्स (बि.एम.आई.) मा योग्य र स्वास्थ्य बर्गीकरण एमइडिडिआइसिसिओएस जी दुई वा सोभन्दा कम भएको,
(ग) शारीरिक तन्दुरुस्ती परीक्षा (बि.एफ.टि.) उत्तीर्ण गरेको,
(घ) युनिटपतिको सिफारिस भएको ।